काठमाडौँ । प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको पहिरोबाट मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्रका सडक तथा पुलमा ठूलो क्षति पु¥याएकाले तत्काल मर्मत गरी सडक यातायात सञ्चालनमा ल्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
उहाँहरुले बाढीले मानवीय र भौतिक संरचनामा ठूलो क्षति पु¥याएकाले क्षतिग्रस्त स्थानमा तत्कालै सडक र पुल सञ्चालनमा ल्याउन माग गर्नुभयो ।
सांसद पद्यकुमारी अर्यालले गत भदौको रसुवा बाढीको असर कम नहँुदै फेरि पछिल्लो वर्षासँगैको बाढी र पहिरोबाट जोखिम तथा क्षति व्यहोर्नु परेको जनाउँदै प्रभावित परिवारको उद्धार, राहत र पुनस्र्थापनाको विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले बाढीका कारणले कालीगण्डकी नदीको तटीय क्षेत्रमा सडक, पुल, व्यक्तिगत सम्पत्ति लगायतमा असर पारेकाले तत्काल खोज, उद्धार तथा राहतमा ध्यान दिन अनुरोध गर्नुभयो ।
सांसद युवराज दुलालले मुलुकका विभिन्न भागका बाढी प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र पुनस्र्थापनामा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सरकारले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको पक्राउ र रिहाइको विषयमा सरकारको धारणा माग गर्नुभएको छ ।
सांसद ऐनबहादुर महरले वर्तमान सरकार गठन भएदेखि नै विभिन्न राजनीतिक नेतृत्व तथा न्यायाधीशसम्मलाई विधिको शासन पक्राउ र अपमान गर्ने जस्ता क्रियाकलाप भएको भनी आगामी दिनमा यस्ता घटना दोहरिन नदिन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सांसद सुशील खड्काले पछिल्लो बर्षपछिको बाढीले खास गरी मध्यपहाडी राजमार्ग र कालीगण्डकी कोरिडोर क्षेत्र अलि बढी प्रभावित भएकाले तत्कालै त्यस क्षेत्रमा पुल र सडक निर्माणको काम तत्कालै अघि बढाउनको लागि माग गर्नुभयो । उहाँले जलवायु परिवर्तनको कारणले यस्ता खालका विपद् आइराखेकाले पनि राज्यले सजग र सर्तकता अपनाउन जरुरी रहेको बताउनुभयो ।
सांसद बलावती शर्माले बाढीपहिरोबाट बाग्लुङ र कास्की जोड्ने पुल र सडक लगायतका संरचनामा क्षति पु¥याएकाले सदरमुकामसँग पालिकाको सडक सञ्जाल अवरुद्ध भएको बताउनुभयो । उहाँले बाढीमा प्रभावितका लागि उचित राहत र पुनस्र्थापनाको व्यवस्थापनको लागि आग्रह गर्नुभयो ।


