मान्छे पक्रिने र छाेड्ने केटाकेटी खेलेकाे हो ? सांसद राई

अ+
अ
अ-

काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै गम्भीर विषयमा सरकार गम्भीरतापूर्वक प्रस्तुत हुनुपर्ने बताए। उनले देशका उच्च पदस्त व्यक्तिहरुलाई पक्राउ गर्ने र छाड्ने गतिविधि भइरहेको भन्दै सरकारलाई यस्ता विषयमा स्पष्ट र गम्भीर भएर अघि बढ्न आग्रह गरे।

उनले भने के यो केटाकेटी खेले जस्तो हो । पक्रने ,छाेड्ने कार्य भइरहेको छ। राइले भरत दाहाल र चाेलेन्द्र शमशेर राणालाई पक्रिएकाे विषयमा सरकारकाे आधिकारिक धारणा माग गरेका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले विपत्ति आएको एक महिना दुई दिन बितिसक्दा पनि आफूहरू प्रधानमन्त्रीको जवाफको प्रतीक्षामा रहेको बताए। उनले सभामुखमार्फत सरकार प्रमुख संसदमा उपस्थित भएर विपत्तिको विषयमा जवाफ दिन आग्रह गरे।
राईले पछिल्लो विपत्तिमा ज्यान गुमाएका २१ जनाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पाँच जना बेपत्ता भएकाहरूको तत्काल खोजी गर्न र पाँच जना घाइतेको उपचारको व्यवस्था गर्न सरकारसँग माग गरे।

प्रतिपक्षी दलको सांसद भए पनि सरकारलाई सहयोग गर्न आफूहरू तयार रहेको भन्दै उनले जनताका आवाजलाई गम्भीरतापूर्वक ग्रहण गर्न सरकारसँग आग्रह गरे।

उनले भने, “हामी प्रतिपक्षी भए पनि सरकारलाई सहयोग गर्ने पार्टी हौँ। जनताका आवाजलाई सिरियस्ली ग्रहण गर्न सरकारसमक्ष सभामुखमार्फत अनुरोध गर्दछु।”