दुर्गा प्रसाईं फेरि पक्राउ

अ+
अ
अ-

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय साइबर ब्युरोको टोलीले उनलाई सोमबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो।

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधिसभा सदस्य रचना खतिवडाविरुद्ध अनलाइन तथा सामाजिक सञ्जालमा आपत्तिजनक एवं चरित्रहत्या गर्ने खालको अभिव्यक्ति दिएको उजुरीका आधारमा प्रसाईंलाई पक्राउ गरिएको जनाइएको छ।

प्रहरी ब्युरोले भने पक्राउबारे विस्तृत विवरण आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छैन।

यसअघि पनि विभिन्न अभिव्यक्ति तथा साइबर कसुरसम्बन्धी आरोपमा प्रसाईं पटकपटक पक्राउ पर्दै आएका छन्।