अ+
अ
अ-
प्रहरीले पक्राउ गरेका पूर्व प्रधान न्यायाधीश सोलेन्द्र शम्शेर राणालाई घर पठाइएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता उमेश कार्कीका अनुसार राणालाई परिवारको जिम्मा लगाइएको हो।
प्रहरीले गत राति उनलाई असुरक्षा बढेको भन्दै प्रहरी कार्यालयमा ल्याएको थियो। त्यस विषयलाई लिएर राणालाई अन्य प्रयोजनका लागि पक्राउ गरिएको समाचारहरू सार्वजनिक भएका थिए।
बिना पूर्जी पक्राउ गरिएका राणालाई उनका छोराको जिम्मा लगाइएको छ।
पूर्व प्रधान न्यायाधीश राणामाथि आफू पदमा हुँदा विभिन्न गैरकानुनी गतिविधि गर्नुका साथै आफ्ना भागमा मन्त्रिपदसमेत बार्गेनिङ गरेको विवादास्पद कामहरू सार्वजनिक भएका थिए।


