पूर्व प्रधानन्यायाधीश जबरालाई भेट्न आयोगको टोलीलाई प्रहरीले दिएन अनुमति

अ+
अ
अ-

काठमाडौ । पूर्व प्रधानन्यायाधीश चाेलेन्द्र शम्सेर जबरालाई प्रहरीले राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई भेट्न दिएको छैन।

राष्ट्रिय मानव अधिकार आयोगको टोली जबरालाई भेट्न टेकुस्थित अपराध अनुसन्धान कार्यालय पुगेको थियो। आयोगको टोली जबरालाई भेट्न अपराध अनुसन्धान कार्यालयको अगाडि करिब एक घण्टा कुरेर बसेको तर उनीसँग भेट गर्न नपाएको आयोगका सदस्य मनोज दुवाडीले जानकारी दिएका छन्।

जबरालाई पक्राउ गर्नुको कारण अहिलेसम्म प्रहरीले सार्वजनिक गरेको छैन।