अ+
अ
अ-
संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री बालेन शाह स्वदेश फर्किएका छन्।
उनी शनिबार मध्याह्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।
अमेरिकामा रहँदा प्रधानमन्त्री शाहले विभिन्न देशका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय समुदायका उच्चस्तरीय व्यक्तिहरूसँग भेटघाट गरेका थिए।
नेपालको तर्फबाट प्रधानमन्त्री शाहले असोज ८ गते संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गरेका हुन्।


