अ+
अ
अ-
काठमाडौं । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले संयुक्त राष्ट्रसंघको महासभामा गरेको सम्बोधनको प्रशंसा गरेका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै बाँस्कोटाले प्रधानमन्त्री शाहको सम्बोधन दृढ, सार्थक र जोडदार रहेको बताएका हुन्।
आफू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थक नभए पनि प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चमा समग्र देशको भावना र आवाजलाई प्रतिनिधित्व गरेको भन्दै उनले सम्बोधनप्रति समर्थन जनाएका छन्।
बाँस्कोटाले सामाजिक सञ्जालमा लेखेका छन्, “प्रम बालेनको राष्ट्रसंघमा गरेको सम्बोधन दृढ र सार्थक र जोडदार लाग्यो। तर म रास्वपा होइन, उनले देशको भावना बोले–मैले खुसी मनले समर्थन गरेँ।”


