अ+
अ
अ-
काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटी सदस्यमा सात जना नेता मनोनीत भएका छन्। बिहीबार बसेको पार्टी सचिवालय बैठकले सात जना नेतालाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको हो।
स्थायी कमिटी सदस्यमा ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित, थममाया थापा र काशीनाथ अधिकारी मनोनीत भएका छन्।
बैठकले पार्टीको सांगठनिक संरचनालाई थप व्यवस्थित बनाउने क्रममा उनीहरूलाई स्थायी कमिटीमा मनोनीत गरेको हो।
यद्यपि, काशीनाथ अधिकारीलाई स्थानीय कमिटी सदस्यमा मनोनीत गरिएको बताइएको छ। पार्टी सचिवालय बैठकले अन्य सांगठनिक विषयमा समेत निर्णय गरेको छ।


