अ+
अ
अ-
आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।
संयुक्त अरब इमिरेट्स (यूएई) बाट नेपाल आएका भारतको केरलाका मोहम्मद सेरा ठोडीलाई ५ सय ३५ ग्राम सुनसहित पक्राउ गरिएको हो।
विमानस्थल प्रहरीका प्रहरी उपरीक्षक राजकुमार शिलवालका अनुसार सोमबार विमानस्थलमा जाँच गर्ने क्रममा ठोडीले लगाएको भित्री वस्त्रबाट प्लास्टिकमा प्याकिङ गरिएको अवस्थामा सुन बरामद गरिएको हो।
प्रहरीले बरामद सुनसहित उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ।


