अ+
अ
अ-
काठमाडौँ । काठमाडौँ विश्वविद्यालयका संस्थापक उपकुलपति डा. सुरेशराज शर्माको निधन भएको छ।
मल्टिपल अर्ग्यान फेलियरका कारण उपचाररत शर्माको काठमाडौँस्थित ह्याम्स अस्पतालमा बुधबार साँझ ६ः५० बजे निधन भएको हो।
डा. शर्मा नेपालको प्राविधिक शिक्षाको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने शिक्षाविद्का रूपमा स्मरण गरिन्छ। उहाँ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का प्रथम कार्यकारी निर्देशकसमेत हुनुहुन्थ्यो।
शर्मा राष्ट्रिय शिक्षा समितिको सदस्य–सचिवसमेत रहनुभएको थियो। नेपालको शैक्षिक नीति निर्माण तथा प्राविधिक शिक्षाको विस्तारमा उहाँको योगदान महत्वपूर्ण मानिन्छ।


