अ+
अ
अ-
मिलेनियम च्यालेञ्ज एकाउण्ट नेपालमार्फत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा निर्माण भइरहेको रातमाटे सबस्टेशन ।
नेपाल र संयुक्त राज्य अमेरिकाको संयुक्त लगानी रहेको एमसिसी नेपाल कम्प्याक्ट कार्यक्रममार्फत विद्युत प्रसारण आयोजनाअन्तर्गत यहाँ निर्माण भइरहेको ४०० केभी क्षमताको सबस्टेशन र प्रशारण लाइनको काम भोटेकोशी नदीमा आएको बाढीपछि आंशिक रुपमा प्रभावित भएको छ ।
बाढीले निर्माणाधीन प्रशारण लाइनको एउटा टावर पूर्ण क्षति बनाए पनि सवस्टेशन क्षेत्र सुरक्षित छ ।
तस्बिरः रामहरि न्यौपाने÷रासस


