अ+
अ
अ-
प्रहरीका अनुसार महतोलाई उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रस्थित एक होटलबाट पक्राउ गरिएको हो।
यसअघि पनि विद्युतीय अपराधसम्बन्धी कसुरमा पक्राउ परी सजाय भोगिसकेका महतोले सामाजिक सञ्जालमार्फत व्यक्ति तथा विभिन्न समुदायलाई लक्षित गरी आधारहीन, भ्रामक तथा धम्कीपूर्ण सामग्री फैलाएको आरोप प्रहरीले लगाएको छ।
प्रहरीका अनुसार महतोविरुद्ध साइबर अपराध तथा सार्वजनिक शान्ति खलल पार्ने कसुरमा पक्राउ पुर्जी जारी गरिएको थियो। सोही पुर्जीका आधारमा उनलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सामाजिक सञ्जालमा तथ्यहीन, भ्रामक वा धम्कीपूर्ण सामग्री प्रसारण तथा प्रकाशन नगर्नसमेत आग्रह गरेको छ।


