अ+
अ
अ-
काठमाडौ । काठमाडौंको त्रिपुरेश्वरमा एक बस चालकले आफूले चलाएको बसमा आफैं आगो लगाएको प्रहरीले जनाएको छ।
त्रिपुरेश्वरस्थित बस स्टपमा बा ५ ख ४२७४ नम्बरको बसमा चालकले आगो लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको हो। बसमा आगो लगाउनुको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।
ट्राफिक प्रहरीसँग विवाद भएपछि चालकले बसमा आगो लगाएको हुन सक्ने प्रहरीको प्रारम्भिक आशंका छ। घटनामा बस चालक काभ्रे घर भएका २५ वर्षीय दावा लामा घाइते भएका छन्। उनलाई उपचारका लागि कीर्तिपुर अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
आगो लागेको बसलाई सशस्त्र प्रहरीको दमकलको सहयोगमा नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


