अ+
अ
अ-
नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले सरकार नीति र नियमभन्दा बाहिर चल्न थालेको भन्दै आलोचना गरेका छन्।
उनले सामाजिक सञ्जालमार्फत जब सरकार नीति र नियमभन्दा बाहिर चल्न थाल्छ, तब त्यो स्वेच्छाचारी हुन थाल्ने बताएका छन्। पत्रकार भरत दाहाल पक्राउ परेपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले भनेका छन्, ‘भरत दाहालको पक्राउ त्यसको पछिल्लो उदाहरण हो। हामी कस्तो समाज निर्माण गर्दैछौं?’
सरकारलाई प्रश्न गर्दै कोइरालाले भरत दाहालको तुरुन्त रिहाइ गर्न र यस्ता लोकतन्त्रविरुद्धका क्रियाकलाप फेरि नदोहोरिने प्रतिबद्धताका लागि आग्रह गरेका छन्।


