काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा प्रा. डा. विवेक बराल नियुक्त

अ+
अ
अ-

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा प्राध्यापक डा. विवेक बराल नियुक्त भएका छन्।

कुलपति तथा प्रधानमन्त्री बालेन्द्र साहले बराललाई उपकुलपतिमा नियुक्त गरेका हुन्।

शिक्षा तथा खेलकुदमन्त्री सोस्मित पोखरेलको अध्यक्षतामा गठित सिफारिस समितिले बरालको नाम उपकुलपतिका लागि सिफारिस गरेको थियो।

नवनियुक्त उपकुलपति बराल काठमाडौं विश्वविद्यालयको मेकानिकल इन्जिनियरिङ विभागका प्राध्यापक हुन।