समाचार
ओली प्रती प्रचण्डकाे आक्राेस: संसद विघटन गर्नेले नैतिकता नसिकाएकाे राम्रो

२९ असार ,२०८१
काठमाडौ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अल्पमतमा पर्ने बित्तिकै संसद विघटन गर्नेले नैतिकताको पाठ सिकाउनु राम्रो नभएको बताउनु भएको छ। आज प्रतिनिधि सभामा विश्वासकाे मत लिने क्रममा संसदमा बाेल्दै दाहालले एमाले अध्यक्ष केपी शर्मा ओली तर्फ संकेत गर्दै हिजाे प्रतिनिधि सभा विघटन गर्ने प्रतिगामीहरुले नैतिकताको पाठ नसिकाउदा ठिक हुने बताउनु भएको हो ।
सरकारले कसैकाे प्राेफाइल नहेरी सुशासनकाे अभ्यास गर्दा विश्वासकाे मत दिएको दलले नै तर्सिएर सरकार ढाल्ने खेल खेलेको दाहालले आराेप लगाउनु भएको छ। उहाँले भन्नु भयो , ” युद्ध पछिकाे विस्तृत शान्ति संम्झौता गर्दा त विश्वलाई साछी राखेर दिउँसै गरिएको थियो,तर दुई दलले गरेको सहमति मध्य रातमा गरिएको छ, त्यसबाट एमाले- काङ्ग्रेस सरकारसँग डराएको भनेर हामीले बुझ्नुपर्छ ।
विश्वमा विपरीत प्रतिस्पर्धी दलहरु मिलेर सरकार बनाएको उदाहरण कहि नभएको भन्दै नेपालमा जुन कसरत भएको छ, त्यसले देशलाई निरंकुशतामा लैजाने प्रचण्ले ठाेकुवा गर्नु भएको छ। प्रधानमन्त्री प्रचण्डले लामाे संघर्ष र बलिदानले प्राप्त भएको लाेकतन्त्र धरापमा परेमा सडक र सदनबाट आन्दोलन सुरु गर्ने चेतावनी दिन भयाे ।
