समाचार
दुई दल बिच माेर्चाबन्दीकाे सहमति

पुस , २४
काठमाडौं । सिके राउतले नेतृत्व गरेको जनमत पार्टी र रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीबीच मोर्चाबन्दी गर्ने सहमति भएको छ ।
आइतबार जनमत पार्टीका अध्यक्ष डा. सीके राउत र नागरिक उन्मुक्तिकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले १२ बुँदे सहमति पत्रमा हस्ताक्षर गर्नु भएको छ।
सहमतिमा रेशम चौधरीलगायत टीकापुर घटनाका बन्दीको रिहाइ, देउवा सरकारले ल्याएको अध्यादेशलाई संसदबाट कानुनका रुपमा पास गर्ने, लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने, सीके राउतसँग भएको सहमति कार्यान्वयन, नागरिकता विधेयक पास गर्नुपर्ने लगायतका विषय समावेश छन् ।
