समाचार
कथाकार इन्द्रबहादुर श्रेष्ठको लघुकथा माथि परिचर्चा हुने

पुस १८ बिहीबार ,२०८१
काठमाडौं । नागार्जुन वाङमय प्रतिष्ठानले कथाकार इन्द्रबहादुर श्रेष्ठको लघुकथा `एक मुठी घाम´ कथा संङ्गह माथि परिचर्चा गर्ने भएको छ। प्रतिष्ठानले संचालन गर्दै आएकाे` कृति विशेष कार्यक्रम´ अन्तर्गत कथाकार श्रेष्ठको कथाकाे परिचर्चा गर्न लागिएको हो ।
आगामी पुस २० गते प्रतिष्ठानकाे कार्यालय काठमाडौमा प्राध्यापक डाक्टर गाेपिन्द् पौडेल र डाक्टर शैलेजा पाेखरेलले कृती माथि परिचर्चा गर्नु हुने प्रतिष्ठानका अध्यक्ष दिल पौडेलले टुकी नेटवर्कलाई जानकारी गराउनु भयो ।
प्रतिष्ठाले हरेक महिनाकाे तेेस्राे शनिबार गर्दैन आएको नियमित कार्यक्रममा यस पटक प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा समालोचक अमर गिरी रहनु हुने छ । उक्त कार्यक्रममा कार्यसमिति सदस्यहरुलाई नियमित उपस्थितिकाे लागि अब्हान गरिएको छ।
