समाचार
पलान्चोक भगवतीको दर्शनसँगै रास्वपा काभ्रे–२ का उम्मेदवार भण्डारीद्वारा चुनावी अभियान सुरु

२०८२ माघ ८, बिहीबार
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार बदन कुमार भण्डारीले आफ्नो चुनावी अभियान सुरु गर्नुभएको छ। जिल्लाको प्रसिद्ध धार्मिक स्थल पलान्चोक भगवतीको दर्शन गर्दै उहाँले अभियानको औपचारिक सुरुवात गर्नुभएको हो।
धार्मिक तथा पर्यटकीय स्थलहरूको प्रवर्द्धनसहित अभियान सुरु गर्दा नागरिकस्तरमा सकारात्मक सन्देश प्रवाह हुने उम्मेदवार भण्डारीले बताउनुभयो। मन्दिरमा पहिलो घण्टी बजाउँदै शुभ संकेत दिन खोजिएको उहाँको दाबी छ।
काभ्रे क्षेत्र नम्बर २ का ठुला दलका हेवि उम्मेदवारहरू मध्ये उमेरका हिसाबले भण्डारी सबैभन्दा कान्छा उम्मेदवार हुनुहुन्छ।
