समाचार
नेयमारलाई ल्याउन बार्सिलोनाले ९० मिलियन पाउन्ड र ६ खेलाडीमध्यबाट २ खेलाडी दिने
एजेन्सी – ब्राजिल तथा पीएसजीका स्टार फरवार्ड नेयमार विश्वकै चर्चित खेलाडी मध्येका एक हुन् । उनलाई आफ्नो क्लबमा भित्र्याउन हानथाप हुने गरेका समाचारहरु आइरहेका बेला नेयमारको पूरानो घर अर्थात बार्सिलोनले फेरी उनलाई क्लबमा फर्काउने तयार गरिरहेको स्रोतको दाबी छ ।
क्याटलान क्लब बार्सिलोनाले उनलाई अनुबन्ध गर्नको लागि आधिकारिक रुपमा प्रस्ताव अघि सारेको छ । नेयमारलाई आफ्नो क्लबमा भित्र्याउनका लागी पिएसजीले ६ खेलाडीमध्यबाट २ खेलाडी दिने तयारी गरेको स्रोतले जनाएको छ ।
अन्तराष्ट्रिय समचार एजेन्सीहरुका अनुसार पछिल्लोपटक बार्सिलोनाले नेयमारलाई ९० मिलियन पाउन्ड र ६ खेलाडीमध्यबाट २ खेलाडी दिने तयारी गरेको छ । यसै सिजन महँगो मुल्यमा दुई खेलाडी एन्टोइन ग्रिजमन र फ्रान्की डि जोङलाई अनुबन्ध गरेको थियो ।

