समाचार

नेपाल ज्याेतिष परिषद काभ्रे अधिवेशन असार २५ मा

असार ५ बिहीबार ,२०८१
काभ्रे । नेपाल ज्योतिष परिषद् काभ्रे जिल्ला समितिको बैठकले नेपाल ज्योतिष परिषद् काभ्रे जिल्लाको पाँचौं अधिवेशन असार २५ गते गर्ने निर्णय गरेकाे छ ।
बनेपा नगरपालिका ०९ स्थित श्रीकृष्ण प्रणामी मन्दिरको प्राङ्गणमा असार २५ गते बुधबार गर्ने निर्णय गरेको हाे ।
नेपाल ज्योतिष परिषद् केन्द्रीय समितिका उपमहासचिव ज्योतिष पण्डित दिपकशर्मा दाहाल बागमती प्रदेश समितिका अध्यक्ष ज्योतिष पण्डित विष्णुप्रसाद तिमल्सिना, उपाध्यक्ष पुष्कर थापासहितको नेपाल ज्योतिष परिषद\ जिल्ला समितिसहितको बैठकले असार २५ गते नेपाल ज्योतिष परिषद् काभ्रेको अधिवेशन बनेपामा सम्पन्न गर्ने निर्णय गरेको हो।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *