समाचार

सरकारले रवी लामिछानेलाई अनावश्यक दु:ख दिइरहेको छ:- नेता न्यौपाने

चैत १७ आइतबार ,२०८१
काभ्रेपलान्चोक । राष्ट्रिय स्वतन्त्र पार्टीका सचिवालय सदस्य प्रमाेद न्यौपानेले सभापति रवी लामिछानेलाई सरकारले अनावश्यक आराेप लगाएकाे भन्दै दु:ख व्यक्त गर्नु भएको छ। काभ्रेको भुम्लुमा आयाेजित एक कार्यक्रममा सम्बाेधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

देशमा परिवर्तन गर्ने उदेश्य लिएर आएको मान्छेलाई सरकारले अमानवीय र असंवेदनशिल व्यवहार गरिरहेकाे भन्दै सरकारले लगाएको मुद्दामा लामिछाने निर्दाेष रहेकाे उहाँको भनाइ थियो । उहाँका अनुसार,` लामिछानेले संसदमा सरकारकाे नराम्रो गतिविधिका विरुद्ध आवाज उठाइरहने हुनाले सरकार तर्सिएर काम गर्न दिइरहेकाे छैन । सरकारले विभिन्न जिल्लामा घुमाएर मानवीयताकाे चरम दुरुपयोग गरेको छ। यो देशमा राम्रा मान्छेलाई काम गर्न दिइदैन्। झुटाे मुद्दा लगाइन्छ र युवाले राजनीति गर्न सक्दैनन् भन्ने भाष्य निर्माण गरिन्छ।´

आफुले रवी लामिछानेलाई नजिकबाट चिनेकाे र १० वर्षसँगै काम गरेकाेले उहाँको बारेमा आफु जानकार रहेको प्रष्ट पार्नुभयो। नागरिकले अहिलेसम्म मत परिवर्तन गर्न नसकेकाे कारण दुख पाइरहेका छन् । त्यसैले आफ्नो गाेप्य मत परिवर्तन गरी दक्ष र याेग्य मानिसलाई राज्य संचालन गर्ने वातावरण सिर्जना गर्न अब्हान गर्नु भएको छ।

नयाँ दललाई भाेट दिनु,नदिनु केही फरक पर्दैन तर याेग्यलाई मत दिनु हाेला। ८४ सालमा रास्वपालाई बहुमत दिएमा जनतालाई डेलिभरी दिन्छौं । काम गर्न सकेनौं भने रास्वपाले दाेस्राे पुस्तालाई हस्तान्तरण गरिदिन्छ। नेता न्यौपानेकाे भनाइ रहेको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *