समाचार

आज मेघगर्जन र हुरीबताससहित असिना पानी पर्ने

काठमाण्डौ – काठमाण्डौको तापक्रम मंगलबार यो वर्षकै उच्च मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाए मंगलबार काठमाण्डौको अधिकतम तापक्रम ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो ।महाशाखाका अनुसार यसअघि गएको वैशाख १९ गते ३२ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको थियो ।

अहिले बढेर मंगलबार ३२ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हो । यसअघि २०४६ साल वैशाख २५ गते काठमाण्डौको तापक्रम अहिलेसम्म कै धेरै ३६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको थियो । बुधबार धेरै ठाउँको मौसम बदली भई मेघगर्जन र हुरीबताससहित पानी परेपछि तापक्रम केही घट्ने मौसमविद्ले अनुमान गरेका छन् ।पश्चिमी वायुसँगै स्थानीय वायुको असरले केही ठाउँमा असिना पनि पर्ने अनुमान महाशाखाको रहेको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *