समाचार

लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु

धरान / लिफ्टले थिचेर झापाका एक युवकको मृत्यु भएको छ । लिफ्ट मर्मत गर्ने क्रममा लिफ्ट आकास्मात चलेपछि काम गरिहेका पाँचथर घर भई दमक ८ बस्ने २५ बर्षीय सन्तोष मगरको मृत्यु भएको हो । झापाको दमकमा रहेको डिमेक्स कम्प्लेक्सको लिफट मर्मत गरिरहेका चाइन ग्रिलमा काम गर्दै आएका मजदुर राईको अकास्मात लिफ्ट सञ्चालन भएपछि थिचेर मृत्यु भएको प्रहरीले जनाएका छ ।

काम गरिरहेका उनलाई विहीबार विहान ८ः ३० बजे लिफ्ले थितेको थियो । गम्भिर घाइत भएका राईलाई दमकस्थित लाइफलाइन अस्पतालमा पु¥याएको भए पनि उपचार हुन नसकेपछि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको थियो । रिफर गरिएका उनलाई प्रतिष्ठान ल्याउने क्रममा विहान ११ बजे बाटाेमा मृत्यु भएकाे प्रतिष्ठान प्रहरीले जनाएका छ ।

मृतक राईलाई अहिले पोष्टमार्टमका लागि प्रतिष्ठानका शव गृहमा राखिएको छ । केही समय पछि पोष्टमार्टम गरिने प्रतिष्ठान प्रहरी चेकपोष्टले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *