समाचार
गोरखाको इतिहासमा अर्को एक ऐतिहासिक उपलब्धि स्रष्टा पदयात्रा र पर्यटन वर्ष २०२५

-जयराम बिडारी
‘’गोरखा जहाँ इतिहास जीवित छ’’ भन्ने नाराका साथ गोरखा नगरपालिकाद्वारा सुरु गरिएको पर्यटन वर्ष २०२५ कार्यक्रमा सहभागिता जनाउनुका साथै लखन थापा गाउँपालिका,गोरखा दरवारको अवलोकन गर्दे राष्ट्रिय रुपमा ख्यातिप्राप्त लेखक,साहित्यकार तथा पत्रकारहरुको समूहको तीन दिने स्रष्टा पदयात्राको ९२ अौं शृङ्खला सम्पन्न गरिएको छ ।
उक्त कार्यक्रममा सहभागिता जनाउन तथा गोरखाका विभिन्न स्थानको अध्ययन,अनुसन्धान र अवलोकन गर्ने उद्देश्यले ‘’स्वास्थ्य र सिर्जनाको लागि पदयात्रा’’ भन्ने मूल नारा अङ्गिकार गरेको पदयात्री टोली यही चैत्र १ देखि ३ गतेसम्म मन्दिरा मधुश्रीको नेतृत्वमा , त्यसतर्फ प्रस्थान गरेको थियो । पदयात्रा नेपालका जनसम्पर्क विभाग प्रमुख डा.बालचन्द्र मिश्र तथा स्थानीय संयोजकका रुपमा गोरखा नगरपालिकाका प्रथम नगरप्रमुख विश्वेश्वर कट्टेलको व्यवस्थापकीय भूमिकामा टोलीले सो कार्यक्रम सम्पन्न गरेको थियो ।
भाषा,कला,साहित्य र संस्कृतिमा प्रकृतिकको महक छर्दै स्थानीय क्षेत्रमा पदयात्राको दौरानमा देखे बुझेका तथा अनुभूत गरिएका कुराहरुलाई समेट्दै एक बौद्धिक खुराकलाई सार्वजनिक सम्पत्तिको रुपमा भावी पुस्तालाई हस्तान्तरण गर्ने अभिप्रायले तत् क्षेत्रको यथेष्ट जानकारी गराउनका खातिर एक दस्तावेज कृतिकै रुपमा प्रकाशित गर्नु पनि टोलीको लगभग नियमित कर्म जस्तै बनिरहेको छ ।
प्रत्येक महिनाको पहिलो शनिवार देशका विभिन्न स्थानको सामूहिक भ्रमण गरी तत्स्थानका विशेषतालाई सृजनामा उतार्न र नेपाली साहित्यको भण्डारको बृद्धि गर्ने उद्देश्यले २०७३ साल मंसिरदेखी सात उत्साही साहित्यकारहरुद्वारा सुरुवात गरिएको पदयात्रा कार्यक्रमको ९२औं शृङ्खलाका लागि यसपटक गोरखा जिल्ला छनौट गरिएको थियो । चैत्र १ गते काठमाण्डौबाट गोरखाका लागि प्रस्थान गरेका ३१ जनाको पदयात्री समूहले आवश्यक अध्ययन अनुसन्धान गरी समय अनुकूलमा दस्तावेज तैयार गर्ने जनाइएको छ । स्रष्टा पदयात्रा टोलीका त्यसतर्फ प्रस्थान गरेका सहभागिहरुमा अध्यक्ष शीतल गिरी, उपाध्यक्ष विमल अर्याल महासचिव गङ्गाप्रसाद भेटवाल, कोषाध्यक्ष वसन्त रिजाल, संस्थापक सदस्य डिल्लीराज अर्याल लगायत खोलाघरे साहिंलो, आजीवन सदस्य र सदस्यहरु ज्ञानुवाकर पौडेल मन्दिरा मधुश्री,शान्ति सापकोटा,डा.बालचन्द्र मिश्र ,घनश्याम प्रसाईं, हरिश कल्पित,दीपक भेटुवाल ‘दीपसागर’ सुमन पुडासैनी,नानीबाबा अधिकारी,गीता रेग्मी, शान्ता देवकोटा सुभाष ढुंगेल,अनिता कोइराला,हरिबोल काफ्ले,राजन पुडासैनी,जयराम बिडारी, विजया वस्नेत, भारती न्यौपाने, लक्ष्मी थापा,शोभा शरभ,सानु पोखरेल, त्रिपुरा पौडेल,दुर्गा भवानी भट्ट,पवित्रा अधिकारी सन्तोष अम्गाईं,र चिरञ्जीवि देवकोटा लगायतका साहित्यकारको टोली त्यस तर्फ प्रस्थान गरी जिल्लाका बिभिन्न स्थानको स्थलगत पदयात्रा (भ्रमण) गरि विविध साहित्यिक कार्यक्रम गोष्ठी, अन्तरक्रिया गरि सम्पन्न गरेको थियो ।
उक्त टोली गोरखा नगरपालिका वडा नम्बर ६ स्थित ठूलोआँगन पुगी गोरखा दरवार संग्रहालय, लगायत राम शाहकालीन स्थानीय रानीपोखरी, नारायण मन्दिर ,गोरखा दरवार संग्रहालय, लगायतको अवलोकन गर्दै जानकारी लिएको थियो । पश्चात् लगतै स्रष्टा पदयात्रीका लागि स्वागत गर्नका लागि नगरपालिका,प्रमुख जिल्ला अधिकारी तथा स्थानीय समुदायद्वारा आयोजना गरिएको स्वागत कार्यक्रममा सहभागी भएका थिए ।
गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर राना मगरको सभापतित्वमा सम्पन्न सो समारोहमा जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर मगर, तथा प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल, नगरपालिकाका उपप्रमुख मसलीमाया थोकर ,र स्रष्टा पदयात्राका अध्यक्ष शीतल गिरी ,पूर्वमेयर विश्वेश्वर कट्टेल तथा जिल्ला समन्वय समिति गोरखाका उपप्रमुख लीला परीयारको आतिथ्यमा सो कार्यक्रम सम्पन्न गरिएको थियो ।
कार्यक्रममा नगरपालिकाद्वारा स्रष्टाहरूलाई रुद्राक्षको माला र नगरको लोगो अर्पण गरेर स्वागत गरिएको थियो । सो समारोहमा पदयात्रा टोलीका तर्फबाट शान्ति सापकोटाबाट कविता, ज्ञानुवाकर पौडेलबाट मुक्तक,गजल प्रस्तुत,स्रष्टा खोलाघरे साहिंलोद्वारा ‘फगुवा’ शीर्षकीय कविताा वाचन तथा पदयात्रा टोलीको अभियानका बारेमा महासचिव गङ्गाप्रसाद भेटवालद्वारा गोरखा बुझेर आउन सुझाउँने कविता वाचन गर्नुका साथै स्रष्टा पदयात्राका गतिविधिका बारेमा प्रकाश पारिएको थियो । स्थानीय मुक्तककार सन्तोष अम्गाईंबाट मुक्तकहरु,दुर्गा भवानी भट्टबाट”एक्लै” कविता,घनश्याम प्रसाईंद्वारा “सबै जुट्नुपर्छ” कविता वाचन गरिएको थियो । रचनावाचनको क्रममा व्यंग्य कविका रुपमा परिचित गोरखा जिल्ला निर्वाचन अधिकारी चेतबहादुर कोइराला बाट ‘’अरूका बा” कविता वाचन गरी कार्यक्रमलाई रोमाञ्चकता प्रदान गरिएको थियो ।
सो समारोहमा गीता रेग्मी द्वारा राष्ट्रिय रुपमा ख्यातिप्राप्त साहित्यकारहरुलाई आफ्नो घर आँगनमा स्वागत गर्न पाउँदा अत्यन्त पुलकित रहेको बताउँदै लेखक साहित्यकारको भ्रमणले गोरखाको ऐतिहासिकतालाई उजागर गर्नमा थप टेवा पुग्ने विचार व्यक्त गरिएको थियो । यसैगरि नगर उपप्रमुख मसलीमाया थोकरबाट साहित्य, कला संस्कृतिको विकास गर्नका लागि दत्तचित्त साहित्यकार हरुको अभियानले सिर्जनाको माध्यमबाट वास्तविकताको रहस्योद्घाटन हुने कुरामा जोड दिंदै समुन्नत समाज निर्माणको थाालनी गर्नुपर्ने बताइन् ।
सो समारोहमा स्रष्टा पदयात्रा नेपालका अध्यक्ष शीतल गिरीद्वारा आफ्नो सम्बोधनमा गोरखनाथ ,गोरखकाली माई र गोरखाको सम्बन्ध बारेमा चर्चा गर्दै गोरखाको अस्तित्वमा सिद्धलखन थापा र विद्रोही लखन थापाले आ-आफ्नो क्षेत्रबाट उल्लेखनीय योगदान दिएको बताउँदै गोरखा सामाजिक,सांस्कृतिक ऐतिहासिक,धार्मिक र पर्यटकीय हिसावले समुन्नत रहेको बताए ।
प्रमुख अतिथि जिल्ला समन्वय समितिका उपाध्यक्ष मोहनबहादुर मगरबाट पर्यटन वर्ष २०२५ का क्रममा स्रष्टा पदयात्रीहरुले गोरखालाई छनौट गर्नुभएकोमा समग्र गोरखाका लागि उपलब्धि मूलक रह