समाचार

पुर्व एआइ जि ले मागे काङ्ग्रेस काभ्रेलाई मत

फागुन १०, शनिबार २०८३
काठमाडौं । पूर्व एआईजी रमेश खरेल ले नेपाली काङ्ग्रेस काभ्रे क्षेत्र नम्बर २ का उम्मेदवार मधु प्रसाद आचार्य का लागि मत माग्नुभएको छ।
काभ्रेका गाउँ–बस्तीमा जारी चुनावी प्रचार अभियानका क्रममा मतदातासँग भेटघाट गर्दै खरेलले आचार्यलाई जिताउन आग्रह गर्नुभएको हो।
उहाँले नेपाली काङ्ग्रेसका सभापति गगन थापा को प्रशंसा गर्दै विगतका आन्दोलनका दिनहरू स्मरण गर्नुभयो। “आन्दोलनका समयमा म लौराँ हल्लाउँदै सचेत गराउँथेँ,” भन्दै उहाँले ती दिनहरूको सम्झना गर्नुभएको थियो। साथै, विश्व प्रकाश शर्मा र गगन थापासँग आफ्नो निकट सम्बन्ध रहेको पनि उल्लेख गर्नुभयो।
खरेलले उम्मेदवार आचार्यबारे आफूले अग्रजहरूबाट सकारात्मक कुरा सुनेको बताउँदै उहाँको राजनीतिक पृष्ठभूमि दरिलो र लगनशीलतामा आधारित रहेको धारणा व्यक्त गर्नुभयो। “मधु प्रसाद आचार्यलाई यस पटक जिताउनुपर्छ,” उहाँको भनाइ थियो।
काभ्रे क्षेत्र नम्बर २ मा चुनावी गतिविधि दिनप्रतिदिन तीव्र बन्दै गएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *