समाचार

कामबाट निस्काशित कर्मचारी हाजिर हुन पाउने

कार्कित ८ बिहीबार ,२०८१
काठमाडौ । दशैकाे मुखमा वीर अस्पतालबाट निकालिएका ९ जना कर्मचारीलाई पून काममा फर्काउने सहमति भएको छ। राेजगारदाता कम्पनी डन्फाेटिचले पचास वर्षे उमेरहद कायम गरि १५ वर्ष देखि कार्यरत ९ जना श्रमिकलाई कामबाट निष्कासन गरेको थियो ।

वीर अस्पताल प्रशासनले ५० वर्ष उमेर पुगेका कर्मचारीलाई काममा नराख्न भनी सम्झौता गरेकाे भन्दै राेजगारदाता कम्पनीले श्रम ऐन विपरीत कामदार निकालेकाे थियो । कर्मचारीले नियमित हाजिरी गर्न पाउनु पर्ने माग गर्दै कर्मचारी र मजदुर संगठनहरु आन्दोलनरत थिए।

`कर्मचारी, अस्पताल प्रशासन र राेजगारदाता कम्पनी बीचकाे वार्ता सहमति नजिक पुगेकाे छ। जारी श्रम विवाद निरूपण गर्ने विषयमा वीर अस्पताल र ट्रेड यूनियनबीच छलफल सकारात्मक छ। ´ कार्यालयमा हाजिर गर्न वञ्चित ९ जना श्रमिकहरूलाई वीर अस्पतालमा केही समयपछि हाजिर गराउने गरि बुधबार  छलफल टुङ्गिएकाे श्रमिकहरुकाे पक्षमा वकालक गर्दै आएको संस्था, नेपाल सुरक्षा ट्रेड युनियनका अध्यक्ष प्रेम बहादुर कार्कीले टुकी नेटवर्कलाई  जानकारी दिनुभयो।

नेपाल सुरक्षा ट्रेड यूनियनका महासचिव बेद प्रसाद हुमागाँईले,`श्रमिकको पक्षमा मजदुर संगठनले खेलेकाे भूमिका प्रती वीर अस्पतालका निर्देशक डाक्टर सन्ताेष पौडेल सकारात्मक हुनु भएको बताउनु भयो ।उहाँका अनुसार ,` डाक्टर पौडेलले राेजगार कम्पनीकाे विषयमा वास्तविकता बुझेर मजदुरलाई परेकाे अन्यायमा विकल्प निकाल्न सहयोग गर्न प्रतिबद्दता जनाउनु भएको छ।´

अस्पताल प्रशासनले कर्मचारीलाई प्रशासनमा बाेलाएर अबकाे एक महिना भित्र हाजिर गराउने र काममा फर्काउने बाचा गरेकाे एकीकृत ट्रेड यूनियन वीर अस्पताल प्रतिष्ठानकी इकाई अध्यक्ष सरिता दुलालले जानकारी दिनु भयो ।

यसरी अस्पतालबाट निष्कासन भएका श्रमिकहरूमा बसुन्धरा रम्तेल,संगीता श्रेष्ठ ,जुनकेरी श्रेष्ठ ,दिलबहादुर परियार,इन्द्र राना,मुना बजगाई,शान्ता नेपाली,चाैबहादुर गुरूङ र हिरा नेपाली छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *