समाचार
श्रमिक उपर भएको निर्णय कार्यान्वयन गराउन कार्यालयले पहल गरिरहेको छ:- प्रमुख गुप्ता

माघ१६ बुधबार ,२०८१
काठमाडौ । मनमाेहन मेमोरियल हस्पिटलमा कार्यरत मजदुरकाे विषय सडकमा देखिन थालेकाे छ। राेजगारदाता कम्पनी `बन्धन सेक्युरिटी सर्भिस´ले ५३ जना श्रमिकलाई काम बापतकाे पारिश्रमिक नदिएकाे भन्दै श्रमिक संगठनहरु आन्दोलनरत छन् ।
श्रम तथा राेजगार कार्यालय टेकुले,आफैले गरेको निर्णय कार्यान्वयन नगरेको पीडितहरुकाे आराेप छ। मनमाेहन मेमोरियल हस्पिटलका श्रमिकको उजुरी उपर श्रम कार्यालयले २ वर्ष अगाडि नै निर्णय गरिसकेको थियो । श्रम कार्यालयले कानुन बमाेजिम निर्णय गरे पनि राेजगारदाता कम्पनी(व्यवस्थापन)ले श्रमिकलाई बक्यौता पारिश्रमिक दिन आलटाल गरिरहेकाे छ।
पीडित श्रमिकलाई निर्णय बमोजिमकाे आदेश कार्यान्वयन गराउन श्रम कार्यालयले व्यबस्थापन, पीडित र मजदुर संगठनहरु बीच पटकपटक छलफल गराइसकेको श्रम तथा राेजगार कार्यालय टेकुका प्रमुख उदय कुमार गुप्ताले टुकी नेटवर्कसँगकाे कुराकानीमा बताउनु भयो । उहाँका अनुसार,` राेजगारदाता कम्पनीले मजदुरकाे पक्षमा कार्यालयकाे निर्णय बमोजिम क्षतिपूर्ति नदिएकाे पनि हाेइन्। दुई वर्ष अधि उक्त हस्पिटलका जम्मा ७८ जना पीडित मजदुरकाे उचित माग सम्बाेधन गरि निर्णय गरेको देखिन्छ। तर राेजगारदाता कम्पनीले, सहमतिमा २५ जना मजदुरकाे समस्या समाधान गरिसकेको छ। यहाँ कार्यालयमा ५३ जना पीडितकाे विषयमा सहमति हुन सकेको छैन।´
उहाँले भन्नू भयो ,` कार्यालयले बारम्बार छलफल गराइरहेको छ। राेजगारदाता कम्पनीको सम्पत्ति राेक्का पनि गरिसकेका छौ ।पीडित मजदुरकाे न्यायकाे निम्ति हामी लागिरहेका छौ। दुई वर्ष अधि निर्णय भएको आदेशमा पीडितलाई यति नै रकम उपलब्ध गराउनु भनी किटान नगरेको र फैसला त्रुटिपूर्ण रहेकोले व्यबहारीक कुरा मिलाउन गार्हाे भएको हो। ´ ब्यवस्थापन पक्षले ढिलो-चाँडो निर्णय कार्यान्वयन गर्नु पर्छ,नत्र श्रम कार्यालयले धिताे-जवानीबाट भए पनि असुल-उपर गर्ने कार्यालय प्रमुख गुप्ताले विश्वास दिलाउनु भयो ।
श्रम कार्यालयले गरेको निर्णय कार्यान्वयन नगरेकाे आराेप छ नि ? भन्ने संचारकार्मिकाे प्रश्नमा प्रमुख गुप्ताले त्यस्तो नभएको धारण राख्नु भयो। उहाँले,`श्रम कार्यालयमा परेको उजुरी नियम बमाेजिम प्रकृयामा जाने र पीडितले न्याय पाउने भन्दै निर्णय कार्यान्वयन गराउने तर्फ ढिला नगरिने प्रष्ट पार्नु भयो। पटकपटककाे छलफलमा कार्यालयका प्रतिनिधि उपस्थित हुने गरेको ,तर छलफल निष्कर्षमा पुग्न नसकेको प्रमुख गुप्ताले स्विकार गर्नु भएकाे छ ।

