समाचार

कथित अभियन्ता निकाेलसले खिचेका थिए रवी लामिछाने सुतिरहेको फाेटाे

पुस ४ बिहिवार ,२०८१
काठमाडौ । प्रहरी हिरासतमा रहनु भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने सुतिरहेको तस्बिर एकाएक सार्वजनिक भएपछि समाजिक संजाल तातेकाे छ । उहाँ प्रहरी हिरासतमा सुतिरहेको फाेटाे कसले, कहाँबाट ,किन , कसका निम्ति दिईयाे भन्ने प्रश्नले प्रहरी माथि नै शंका गर्नु पर्ने देखिएको छ।

तर लामिछानेको फाेटाे आफुले प्रहरीको सिसिटिभी फुटेजबाट खिचेकाे भनी आफुलाई सामाजिक अभियान्ता बताउने डा निकाेलस भूसालले खिचेकाे स्विकार गरेका छन। उनले सामाजिक संजाल मार्फत आफूले प्रहरीकै सिसिटीभीमा लामिछाने सुतिरहेको फाेटाे खिचेको डा. निकोलस भुसालले बताएका छन्। उनी गत शनिबार कास्की प्रहरी कार्यालयमा लामिछानेलाई भेट्न पुगेका थिए ।

`मैले प्रहरीकै अगाडि रवि लामिछाने सुतिरहेको फोटो सिसिटिभीमा खिचेको हुँ। त्यतिबेला प्रहरीले केही भनेन,’ उनले भनेका छन् , ‘यस्तो होला भनेर थाहा पनि भएन, गल्ती भयो।’

साे तस्बिर सार्वजनिक भएसँगै प्रहरीले फाेटाे खिच्ने ब्यक्तिकाे खाेजिगरिरहेकाे जनाएको छ। कास्की प्रहरीका डिएसपी बसन्त शर्माले यस विषयमा अनुसन्धान भइरहेको र फोटो खिच्ने व्यक्ति खोजिरहेको जानकारी दिएका छन् ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *