समाचार

`मुन्धुम पदमार्ग´भाेजपुर चखेवा भन्ज्याङदेखि साल्पा पाेखरी हुँदै सिलिचाेङसम्म,एकपटक पुग्नै पर्ने

माघ ७ साेमवार ,२०८१
काठमाडौ । नेपालकाे पर्यटन प्रबर्दन र विकासको उदेश्यले सरकारले नेपालका सम्भावित पदमार्गहरुकाे अध्यायन गरिसकेको छ। पदयात्राले नेपालकाे आन्तरिक पर्यटनलाई बढाउनुका साथै बाह्य पर्यटनको आकर्षण बढन सकिने अनुमान गरिएको छ।

यस्तै सरकारले सम्भावना अध्यायन गरेको १ सय सम्भावित स्थान मध्य,एक पदयात्रा मार्ग हो `मुन्धुम पदमार्ग´ । उक्त पदमार्गले काेशी प्रदेशकाे भाेजपुर र खाेटाङ जिल्लालाई छाेएकाे छ ।

मुन्धुम मिथककाे उदगम स्थल रहेको साे ठाउँ प्रचार प्रसार र उचित लगानीको अभाबमा पछाडि परेको पदयात्रीहरुकाे अनुभव छ। मुन्धुम संस्कृतिकाे विकास भएको मानिएकाे ठाउँ भाेजपुर जिल्लाकाे `साल्पा- सिलाेचाेङ गाउँपालिका´मा पर्छ ।

खाेटाङ जिल्ला र भाेजपुरकाे सिमाना चखेवा भन्ज्याङदेखि सुरु हुने यात्रा किराँत सभ्यताको उत्पति स्थल साल्पा पाेखरी हुँदै सिलिचाेङ पहाडमा पुगेर अन्त्य हुनेछ। यो पदमार्गकाे दुरी १ सय किलोमिटरकाे रहेको छ। आन्तरिक पर्यटनको लागी चखेवा भन्ज्याङ देखि सिलिचाेङ सम्म ४ दिनकाे यात्रा पश्चात् पुग्न सकिन्छ, भने विदेशी पर्यटकलाई आवत जावत १४ दिन लाग्ने मुन्धुम पदयात्राबाट फर्कनु भएका पदमार्गी समिल राई बताउनु हुन्छ।

विशेषत चखेवाबाट सुरु हुने मुन्धुम पदमार्ग गुराँसकाे राजधानी भनेर चिनिने मयुङ हुँदै पुगिने साल्पा पाेखरीबाट सुरु हुने छ।यो यात्राले सिलिचाेङ पहाडमा पुगेर समाप्त हुने ऐतिहासिक यात्रालाई राेचक बनाउँछ। साहसिक पदयात्रा गर्नेहरुका लागि यसकाे आकर्षक बढादाे छ भन्ने आधारहरु प्रसस्त रहेका छन् । पदयात्रामा विशेष रुचि भएकाहरु र साहसिक पदयात्रा गर्नेहरुका लागि मुन्धुम पदयात्रा एक महत्त्वपूर्ण गन्तव्य भएको किराँत राई यायाेक्खा काठमाडौ जिल्ला सचिव समेत रहनु भएका राईकाे ठाेकुवा छ।

पदयात्राका क्रममा चौंरी,भेडा गाेठमा रात बिताउन सकिनेछ। त्यहाँ स्थानीयहरुले अतिथिको सत्कार गर्ने छन् । गाेठमा भेडा,चौंरी गाेठ राख्न लिएर हिड्नेहरुले पदयात्रीहरुलाई सेवा दिने गरेका छन् । साे पदमार्गकाे अर्को राेचक प्रसंङ्ग भनेकाे, पहिलो सगरमाथा आराेही एडमन हिलारी र तेन्जिङ नाेर्गे शेर्षा पनि यही बाटाे भएर सगरमाथा चढेका थिए । तसर्थ यो लाेक प्रिय र ऐतिहासिक पदमार्ग हो ।

सरकारका तिनवटै तह, संघ प्रदेश र स्थानीय सरकार लगायत नेपाल पर्यटन बाेर्डले केही पहल कदमि लिने हो भने नेपाल, भारत र अन्य मुलुकबाट पनि पर्यटकहरु पदयात्रामा भित्र्याउन सकिने स्थानीय पदयात्रीहरुकाे दाबी छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *