समाचार
अमेरिकामा एसएसपी जोशीलाई एनसिसिको सम्मान
काठमाडौं– नेपाल प्रहरीका एसएसपी उमेशराज जोशीलाई क्यालिफोर्नियास्थित नेपाली कम्युनीटी सेन्टर (एनसिसी) ले आइतबार एक बिशेष समारोह आयोजना गरि सम्मान गरेको छ । अमेरिका भ्रमणमा गएका एसएसपी जोशीलाई नेपाल प्रहरीमा रही देश र समाजका लागि निर्भिक रुपमा योगदान गरेवापत सम्मान गरिएको आयोजक संस्था एनसिसिका अध्यक्ष तथा हिमालयन फाउन्डेसन कर्पका संस्थापक, सफल युवा ब्याबसायिक यज्ञलाल श्रेष्ठले बताए । नेपाल प्रहरी इन्टरपोल शाखाका प्रमुख समेत रहेका एसएसपी जोशीले नेपाली कम्युनिटीबाट सम्मानीत हुन पाउदा खुशी लागेको बताउदै यो सम्मानले आफूलाई आफ्नो कतव्र्य र दायित्वप्रति अझ जिम्मेवार बनाएको धारणा राखे । उनले अहिले समाज नयाँ शैलीको अपराधततर्फ उन्मुख भएकाले हरेक नागरिक सचेत हुनुपर्ने सुझाव दिए । उनले बिलासी जीवनले गर्दा अपराध बढीरहेको औल्यादै सबैले समान्य जीवनशैलीमा जोड दिनपर्ने बताए । एनसिसिले निस्वार्थ रुपमा समाजको सेवा गरिरहेका ब्यक्तित्वलाई हौसला स्वरुप यसप्रकारको सम्मान प्रदान गर्ने गरिएको जानकारी अध्यक्ष यज्ञलालले दिए । समारोहमा एनसिसिका संस्थापक अध्यक्ष उत्तम कार्की, एनसिसिका अध्यक्ष यज्ञलाल, एनसिसिका महासचिव बालकृष्ण आचार्य, लायन्स क्लव इन्टरनेशनल डिस्टिक क्यालिफोर्नीयाका पूर्व डिस्टिक गर्भनर राजेन थापा, एनआरएन एनसिसि क्यालिफोर्नीया च्याप्टरका अध्यक्ष सुन्दर मल्ल, फिल्म निर्देशक नारायण पुरी, एनआरएन एनसिसि युएसएका परिश्चम क्षेत्रिय उपाध्यक्ष सर्वज्ञ वाग्लेलगायतका पदाधिकारीको उपस्थिति रहेको थियो ।


