समाचार
स्वागत तथा बधाई आदनप्रदान

पुस १८ बिहीबार ,२०८१
काठमाडौ । समाजवादी प्रेस संगठन नेपालले नेकपा एकीकृत समाजवादीका प्रचार बिभाग प्रमुख र उपप्रमुख लगायत प्रचार विभागलाई स्वागत गरेको छ।
आज नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कार्यालय आलाेक नगरमा एक कार्यक्रम आयाेजना गरि संगठनले आफू निकट विभागका इन्चार्ज तथा सहइन्चार्जलाई बधाई तथा शुभकामना दिएको हो ।
समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष सहित पदाधिकारी तथा उपस्थित संगठनमा आबद्धहरुले इन्चार्ज प्रकाश ज्वाला,उपप्रमुख दामोदर अर्याललाई संगठनको तर्फबाट स्वागत गरेका थिए। यसै अबसरमा संगठनको तर्फबाट नेपाल पत्रकार महासंघको विभिन्न तहमा निर्वाचित साथीहरूलाई बधाई दिनुका साथै,प्रचार बिभागको तर्फबाट बधाई कार्यक्रम तथा शुभकामना पनि प्रदान गरिएको थियो ।


