समाचार

गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्छु : मन्त्री गुरुङ

काठमाडौं, २५ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले विदेशबाट उद्धार गरि ल्याइएका गर्भवती तथा सुत्केरीका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्ने बताएका छन् । मन्त्री गुरुङले गर्भवती तथा सुत्केरी महिलाहरुका लागि क्वारेन्टाईनलगायतको उचित व्यवस्था गर्न सामाजिक संघ, संस्थाहरु परिचालन गरिएको पनि स्पष्ट पारे ।

आईतबार मन्त्रालयका विज्ञहरुसँगको ‘भर्चुअल’ बैठकमा बोल्दै उहाँले कोरोना भाइरसको महामारीबाट असहाय बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तीलगायत संवेदनशील वर्ग र समूदायको सुरक्षा गर्न सरकारले विशेष ध्यान दिईरहेको पनि बताएका हुन् । मन्त्री गुरुङले लकडाउन खुकुलो बनाउँदै लैजाने नीति सरकारले लिएको उल्लेख गर्दै त्यसका लागि आवश्यक सुझाव दिन पनि सम्बन्धित सबै पक्षलाई आग्रहग गरेका थिए ।

बैठकमा विज्ञहरु चाँदनी जोशी, रेणु अधिकारी, लक्ष्मी कार्की, राधा पौडेल, लिली थापा, निर्मला शर्मा, नितु पण्डितलगायतले कोरोना भाईरसको महामारीबाट जोगाउन महिलाहरुका लागि छुट्टै क्वारेन्टाईनको व्यवस्था गर्न, महिला हिंसाका घटना हुन नदिन मन्त्री गुरुङको ध्यानाकर्षण गराएको मन्त्रीको सचिवालयले जनाएको छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *