समाचार
बृहत कृषि महाेत्सवकाे प्रचार प्रसारमा जुटे काभ्रेका संचारकर्मि

माघ २६ शुक्रबार ,२०८०
काभ्रेपलान्चोक । जिल्लाका संचारकर्मिहरु बृहत काभ्रे कृषि महाेत्सवकाे प्रचार प्रसारमा जुटेका छन् । बिहीबार बृहत काभ्रे कृषि महाेत्सव आयाेजक सचिवालय समितिका संयाेजक दिपक कुमार गौतमको अध्यक्षतामा बसेकाे प्रचार प्रसार उपसमितिकाे बैठक बसि महाेत्सव सफल बनाउन काभ्रेका सम्पुर्ण संचारकर्मिहरु सकृय पुर्वक लागेका छन् ।
नेपाल पत्रकार महासंघ काभ्रेका सभापति बद्री राज तिमल्सिना रहेकाे उपसमितिले काभ्रेमा रहेका रेडियो ,पत्रपत्रिका,अनलाइन लगायतका संचारमाध्यम मार्फत बृहत् रुपमा प्रचार प्रसार गर्ने भएका छन् । पत्रकार सम्वद्द विभिन्न संघ संगठनहरु सदस्य रहेको उपसमिति प्रचार प्रसारमा जुटेको हो ।

उक्त उपसमितिले कृषि महाेत्सवका विषयमा सबै खाले समाचार , सुचना तथा विज्ञापन मार्फत स्थानिय तह ,जिल्ला र केन्द्रसम्म महाेत्सवकाे आबाश्यकता र महत्वकाे विषयमा व्यापक प्रचार गर्ने छ।
महाेत्सव आउँदाे फाल्गुन ४ गतेदेखि ७ गतेसम्म बनेपाको तिनदाेवाटाे स्थित करुणामार्गमा चल्ने छ। कार्यक्रमकाे उदघाटन सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलले गर्नु हुने संयाेजक गौतमले जानकारी दिनु भएको छ।
