समाचार

जनकपुर बाेल्ट्सकाे नाममा भएको दुर्व्यवहार ठिक हाेइन: महामन्त्री थापा

पुस ७ आइतबार ,२०८१
काठमाडौ । नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले जनकपुर बाेल्ट्सका समर्थक प्रति भएको दुर्व्यवहार प्रती दुख ब्यक्त गरेका छन् । उनले, केही व्यक्ति र समूहबाट भएको नश्लीय र साम्प्रदायिक व्यवहार निकै दुख लाग्ने खालको भएको बताएका छन् ।

शनिबार टीयू क्रिकेट मैदानमा नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल प्रतिस्पर्धा भएको थियो । उपाथिका लागि जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा भएको थियो ।

उक्त स्थानमा भएको साम्प्रदायिक व्यवहार प्रती छानबिन गर्न मधेसी आयोगले यसको कानुनी उपचार खोज्दै कारबाही गर्न गृह प्रशासनलाई सिफारिस समेत गरेको छ। आयाेगले सिफारिस गरेको कार्यलाई थापाले एकदमै सकारात्मक छ, भन्नू भएको छ।थापाले भन्नुभएको छ, ` सरकारले यसमा तुरुन्तै कारबाही अगाडि बढाओस्। यी हरकतहरू कुनै पनि बहानामा स्विकार्न सकिँदैन। ´

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *