समाचार

कुवेतद्वारा नेपालसहित ३० भन्दा बढी मुलुकका यात्रुलाई प्रवेशमा प्रतिबन्ध

१८ साउन : खाडी मुलुक कुवेतले भारत र चीन समेत ३० भन्दा बढी मुलुकका यात्रुलाई कुवेत प्रवेशमा रोक लगाएको छ ।

कुवेती नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकले सबै विमानसेवा कम्पनीहरुलाई एक पत्र लेख्दै सरकारको उक्त आदेश पालना गर्न आग्रह गरेका छन् ।

कुवेत सरकारले सार्वजनिक गरेको पछिल्लो सूचीमा समावेश मुलुकहरुमा नेपाल सहित भारत, इरान, चीन, ब्राजिल, कोलम्बिया, आर्मेनिया, बंगलादेश, फिलिपिन्स, सिरिया, स्पेन, सिंगापुर, बोस्निया हर्जगोभिना, श्रीलंका, इराक, मेक्सिको, इन्डोनेसिया, चिली, पाकिस्तान, इजिप्ट, लेबनान, हङकङ, इटाली, मोल्डोभा, पनामा, बेरुत समेतका छन् ।

कुवेतले व्यावसायिक उडानहरु आंशिक खुला गरिएकै दिन कुवेत सरकारले नयाँ प्रतिबन्धहरु घोषणा गरेको खालिज टाइम्सले जनाएको छ । समाचार अनुसार कुवेत अन्तर्राष्ट्रिय विमानस्थल शनिबारदेखि करिब ३० प्रतिशत खुला हुनेछ ।

अमेरिकी जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कुवेतमा हालसम्म ६७ हजार ४४८ जनामा कोरोना संक्रमण देखिएको र ४५३ जनाको मृत्यु भएको थियो ।एएनआई

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *