समाचार
बालबालिकालाई सिर्जनात्मक कार्यमा अगाडि बढाउन नगरले थप कार्यक्रम ल्याउने :- प्रमुख भण्डारी

पुस १ साेमवार ,२०८१
काभ्रेपलान्चोक । `खेलकुद स्वास्थ जिवनकाे आधार´ भन्ने नारालाई अनुशरण गर्दै, हरेक वर्ष झै यस वर्ष पनि पनौती नगर स्तरीय` राष्ट्रपति रनिङशिल्ड´ प्रतियाेगिता सुरु भएको छ। नगरपालिकाले गत वर्ष मंसिर महिनामा सम्पन्न गरेको नगर स्तरिय प्रतियाेगिता यस वर्ष पुसकाे पहिलो साता सुरु गरिएको छ।
नगर स्तरीय रनिङशिल्ड प्रतियाेगिता, जिल्ला स्तरीय` राष्ट्रपति रनिङशिल्ड´ प्रतियाेगिताकाे तयारी हो । यस अधिकाे जिल्ला स्तरीय प्रतियाेगिताका दुई वर्ष २०७९/८० मा सहभागी पनौति नगरपालिकाले जित हासिल गरेको थियो । यस वर्ष पनि जिल्ला स्तरीय प्रतियाेगितामा सफलता हाँसिल गर्ने उदेश्य साथ तयारी गरिएको पनौती नगरपालिका शिक्षा तथा खेलकुद शाखाले जनाएको छ।
`राष्ट्रपति रनिङशिल्ड´ प्रतियाेगितामा नगरपालिका भित्रका २५ विद्यालयहरुले प्रतिस्पर्धामा भाग लिएका छन् । विभिन्न विद्यालयबाट १ हजार १ सय १९ भाइ बहिनीहरुले फरकफरक विधामा प्रतिस्पर्धा गर्ने छन् । प्रतियाेगितामा भलिवल,कवडी,दौड, हाइजम्प ,लङजम्प ,सटपुट, रिले जस्ता खेल बीच प्रतिस्पर्धा हुने खेलकुद प्रतियाेगिता निर्णायक समितिका एक सदस्यले जानकारी दिनु भयो ।
पनौती क्षेत्रीय रंगशालामा भएको उदघाटन सत्रमा नगरपालिका प्रमुख रामशरण भण्डारीले रनिङशिल्डकाे प्रदर्शन गर्दै पानसमा बत्ति बालेर कार्यक्रम सुरु गर्नु भएको थियो । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख भण्डारीले ,बालबालिकालाई बाढी ,पहिराेका कारण मानसिक रुपमा परेको असर कम गर्न विभिन्न सिर्जनात्मक कार्यक्रम मार्फत मनाेबैज्ञानिक परामर्श प्रदान गरेको बताउनुभयो । उहाँले भन्नुभयो , `प्राकृतिक प्रकाेपकाे असरबाट मानसिक असर नपराेस भन्नका निम्ति बालबालिकालाई खेलकुद लगायत अन्य कार्यमा सहभागी गराउन नगरपालिकाले पहल गरिरहेकाे छ। आगामी दिनमा पनि नयाँ कार्यक्रमहरु बनाएर बालबालिकाकाे पक्षमा काम गरिने नगर प्रमुख भण्डारीकाे भनाइ छ।´
कार्यक्रममा नगरपालिका भित्रका विभिन्न विद्यालयका शिक्षक ,विद्यार्थी ,विद्यालय ब्यबस्थापन समितिका सदस्यहरु,बालक्लबका प्रतिनिधिहरु,प्याप्सन,एनप्याप्सन प्रतिनिधी तथा सराेकारवाला पक्षकाे उल्लेख्य सहभागीता रहेको थियो ।
उदघाटन कार्यक्रमलाई थप राेचक बनाउन विभिन्न र्यालि ,सांस्कृतिक प्रदर्शन रझाँकी प्रस्तुत गरिएको थियो ।प्रतियाेगितमा विद्यार्थीहरुले गित तथा नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रममा `हाम्रो त बाजेकाे पालामा बाेलकाे´ गित र नृत्यले थप रौनक थपेकाे थियो ।
