समाचार

मृत हरिण बोकेर १ घण्टा हिड्यो ईलाकाको गाडि

पथरी / मोरङको कानेपोखरी पथरी सडक खण्डमा जंगलि जनावरहरु यातायातको ठक्करहरुबाट मर्ने गरेका छन । माघ १४ गते राति ७ बजेको समयमा एउटा हरिण मृत फेला परेको इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक अनिल पौडे्लले बताए ।

कानेपोखरीको सेक्टर वन कार्यलय नजिकै महेन्द्र राजमार्गबाट ईलाका प्रहरी कार्यलय पथरीको भ्यानले उठाएर पश्चिम तर्फ लगेको एक प्रत्यक्षदर्शीले बताए । उनले भने हरिण मरेको हो वा प्रहरीको भ्यानले ठक्कर दिएको हो रातको समय भएकाले ठ्याक्कै ठम्याउन सकिएन तर प्रहरीले हतारहतार गरेर भ्यानमा हालि वन कार्यलयलाई नबुझाई सिधै लग्यो ।

१ घण्टा ईलाका प्रहरी कार्यलयको मे १ झ ११६ नम्वरको सेतो भ्यानमा हरिण भएको थाहाँ भए पछि सेक्टर वन कार्यलय कानेपोखरी र इलाका प्रहरी कार्यलय पथरीको संचार शाखामा बुझदा कुनै आधिकारीक सुचना नआएको बताए । १ घण्टा पछाडी प्रहरी निरिक्षक अनिल पौडे्ललाई बुझदा डिउटीमा रहेको बेला मृत अवस्थामा सडकमा हरिण फेला परेको बताए । डिउटीमा रहेकाले र्फकदा उक्त हरिण कानेपोखरी वन कार्यलयमा बुझाउने पौडे्लले बताए ।

बेलुका ७ बजेको समयमा उक्त घटना घटे पनि प्रहरीले १ घण्टा भन्दा बढि सम्म उक्त हरिण भ्यानमा हालेर राखेको थियो । घटना घटेको लामो समय सम्म प्रहरीले त्यसरी हरिण लिएर हिड्नु गलत नियत रहेको सेक्टर वन कार्यलय कानेपोखरीका प्रमुख तुलसी यादवले बताए । उनले भने यदि हरिण मृत अवस्थामा थियो भने प्रहरीले पहिले नै वन कार्यलयलाई सम्पर्क गर्नु पर्थियो र घटना स्थलको मुचुल्का उठाएर मात्र हरिण उठाउनु पर्ने यादवको भनाई छ । करिव ८ बजेर ३० मिनेट तिर प्रहरीले बुझाएको हरिण गर्भेणी रहेको र भोलि पल्ट मुचुल्का उठाएर पुरिएको यादवले बताए ।

यस्ता घटना यस क्षेत्रमा धेरै घटने गरे पनि कुनै सवारी र कोहि पनि कावाहीको दायरामा पर्ने गरेका छैन्न । ठाँउ ठाँउमा रहेका वन कार्यलय र प्रहरीले पनि जंगली जनावरको सुरक्ष त के कार्वाहिको दायरामा समेत ल्याउन सकेका छैन्न । सडकमा यातायातले जंगलि जनावरहरुलाई ठक्कर दिए पनि जनावरहरु गायब हुने गरेको वनका कर्मचारीको भनाई छ । यस्ता घटना हल्लिखल्ली भए वन कार्यलयमा आउने र नत्र बाहिरनै सकिन्ने गरेको कर्मचारीहरु बताउछन ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *