समाचार

कुनै समाज कस्तो छ भन्ने मानक त्यो ठाउँको स्कुलले दर्शाउछ:- सांसद लम्साल

मंसिर, १३,बिहिवार २०८१
काभ्रेपलान्चोक ।  पाँचखाल नगरपालिका वडा नम्बर २ ज्यामिरकोटमा रहेको ज्ञानोदय आधारभुत बिद्यालयको हाता भित्रकाे घेराबार शिलान्यास तथा बिद्यार्थिहरुलाई न्यानो कपडा बितरण गरिएको छ।

बिहिवार बागमती प्रदेशका साम्सद तथा पुर्व श्रम,राेजगार तथा यातायात मन्त्री  लक्ष्मण लम्सालले बिद्यालयको घेराबार शिलान्यास गर्नुभएको हो। शिलान्यास कार्यक्रमको अध्यक्षता बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले गर्नुभएको थियो भने प्रमुख अतिथी बागमती प्रदेशका साम्सद तथा पुर्व मन्त्री लक्ष्मण लम्साले रहनुभएको थियो।

शिलान्यास कार्यक्रम बोल्दै प्रमुख अतिथि लम्सालले  कुनै पनि समाज कस्तो छ भन्ने मानक त्यो ठाउँको स्कुलले दर्शाउने बताउनुभयो ।उहाँले भन्नुभयो “बिद्यालय हामि सबैको साझा सम्पत्ति हो ।कुनै पनि समाज सभ्य , सु- संस्कृत छ भन्ने मानक त्यो गाउँको बिद्यालय र  त्यहाँका मान्छेको चेतनाले बताउँछ । त्यस कारण आफ्नो ठाउँमा रहेका बिद्यालयलाई सुधार्नु जरुरत छ।” जनप्रतिनिधि सधैं जनतासँगै रहि काम गर्नुपर्ने प्रष्ट पार्दै बिद्यालयको भौतिक सुधारमा आफू लाग्ने समेत लम्सालले बताउनुभयो ।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष प्रल्हाद दाहालले, विद्यालयको शैक्षिक तथा भौतिक सुधारमा लागि परिरहेको र सबैको साथ सहयोग मिलेमा नमुना  बिद्यालय बन्ने बताउनुभयो।बिद्यार्थी संख्यामा कमि आएकोमा चिन्ता व्यक्त गर्दै उहाँले भौतिक पुर्वाधार राम्रो भएर मात्रै हुदैन्, बिद्यालयमा बिद्यार्थी बढाउन सबैजना लाग्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा अतिथिहरु वडा अध्यक्ष रामेश्वर दाहाल, समाजसेवी लोकनाथ ( रामकाजी ) सापकोटा, अतिथिहरु पूर्व वडाअध्यक्ष हरि खतिवडा, छिमेकी विद्यालय ज्ञानेश्वरी मा.विका प्र.अ विनोद राई, पूर्व ब्यवस्थापन समितीका अध्यक्ष रामकुमार तामाङ, पूर्व शिक्षक बिनोद सापकोटा, माधब नेपाल , शिक्षक, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

२०४५ सालमा स्थापित ज्ञानोदय आधारभूत बिद्यालयमा पर्खाल निर्माणका लागि बागमती प्रदेश सरकार मार्फत रु १० लाख विनियोजन भएको थियो । कार्यक्रममा स्थानिय बुद्धिजिवी लोकनाथ सापकोटाले आफ्नो ८१ औं  जन्म दिनको उपलक्ष्यमा विद्यालयका बालबालिकालाई जाडोमा लगाउन न्यानो कपडा सुइटर र खाजा बितरण गर्नुभएको थियो ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *