समाचार

कवि दिल पौडेलको कविता संग्रह ” मेराे देशकाे सेल्फि” बजारमा

पुस २७ शुक्रबार ,२०८०
काठमाडौ । कवि तथा साहित्यकार दिल पौडेलको कविता संग्रह” मेराे देशकाे सेल्फि बजारमा आएको छ। पुस महिनादेखि बजारमा आएको उक्त पुस्तकमा ५२ वटा कविताहरु संग्रहित रहेका छन् ।

कवि पौडेलले साठीको दशकदेखि हालसम्म लेखिएका फरकफरक कविताहरु” मेराे देशकाे सेल्फि”मा समेटनु भएको छ।

प्रथम कविता आमा शिर्षककाे रहेको छ। साे कवितामा कविले मातृशक्तिकाे महिमा अपरम्पार रहेको भन्दै बुद्ध ,माओ, माक्र्स जस्तो सन्तानको जन्म दिने महाअन्धकारकाे प्रकाशसँग तुलना गर्नु भएको छ। उहाँले अमृत हृदयकि आमालाई कसैले नजरअन्दाज गरेर अपमान नगर्न सुझाव समेत दिनु भएको छ।

संग्रहमा सहरका मान्छे ,निर्वस्त्र कालभैरव, भिमानकाे सालिक,ओ सिंहदरबार ,उच्च कर्मचारी ,अन्तिम पत्र सहिदलाई,विजय जुलुस , बा काे जिर्ण घर लगायतका समसामयिक कविताहरु पढन पाइन्छ ।

पुस्तकमा डाक्टर कृष्ण हरि बराल, महेश प्रसाई,डाक्टर विनाेद मन्जन,रधु जि पन्थ आदिले कविता माथि आफ्नो धारण राख्दै शुभकामना व्यक्त गर्नु भएको छ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *