नेकपा एस काभ्रेले पायाे छ जना केन्द्रीय सदस्य

+
-

१८,साउन २०८१
काभ्रेपलान्चोक । नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय कमिटीले पूर्णता पाएकाे छ। गत असार १६ गते काठमाडौकाे प्रज्ञा भवन कमलादीमा भएको १० अौ महाधिवेशनकाे केन्द्रीय कमिटीले आज पूर्णता पाएकाे हो ।

देश भरिबाट सहभागी महाधिवेशन प्रतिनिधिले केन्द्रीय सदस्य सहितकाे सम्पुर्ण टिम छलफल र सहमतिबाट छनौट गर्न निर्वाचक मण्डललाई स्वत अधिकार दिएको थियो । महाधिवेशनकाे एक महिना बितिसकेपछि विभिन्न चरणमा छलफल पश्चात् आज केन्द्रीय कमिटीले पूर्णता पाएकाे नेता जगन्नाथ खतिवडाले बताउनु भयो ।

यस अधि ९३ जना केन्द्रीय सदस्यकाे नाम सार्वजनिक भइसकेको थियो । एकीकृत समाजवादीले २९९ बाट बढाएर ३४४ केन्द्रीय कमिटी बनाएको छ।  बाँकी केन्द्रीय कमिटीको नेता जगन्नाथ खतिवडाले नाम पढेर सुनाउनु भएको थियो ।

काभ्रेले पाँच जना केन्द्रीय सदस्य पाएकाे छ। काभ्रे जिल्लाबाट केन्द्रीय सदस्य हुनेमा टाेक बहादुर वाइवा, मुकुन्द गौतम , लक्ष्मण लम्साल, बिदुर सापकाेटा , पासाङ ढाेल्माे लामा र यसु लामा रहनु भएको छ। यस अधि यसु लामा र पासाङ ढाेल्माे लामा बाहेक सबै नेताहरु  संस्थापन केन्द्रीय सदस्यमा हुनुहुन्थ्यो ।

टाेक बहादुर वाइवा पार्टी विद्राेह भन्दा अगाडि जिल्ला अध्यक्ष तथा मण्डन देउपुर नगरपालिकाकाे मेयर हुनुहुन्थ्यो । हाल उहाँ नेकपा एस काभ्रेको इन्चार्ज र मेयर हुनुहुन्छ । लक्ष्मण लम्साल ७४ मा प्रदेश सासद हुनुहुन्थ्यो र अहिले निवर्तमान  श्रम,राेजगार तथा यातायात मन्त्री साथै बागमती प्रदेश सांसद हुनुहुन्छ । बिदुर सापकोटा र मुकुन्द गौतम यथावत केन्द्रीय सदस्य रहनु भएको छ। काभ्रेबाट दुइजना युवा महिला नेतृहरुले केन्द्रीय सदस्य हुने अबसर प्राप्त गर्नु भएको छ।

काभ्रेबाटै पुराना कम्नयुष्ट नेता शिव बहादुर देउजा पुन अनुशासन आयाेगकाे अध्यक्ष हुनु भएको छ। उहाँलाई अनुशासन आयाेग अध्यक्षकाे जिम्मेवारी पहिले नै प्रदान गरिएको थियो ।