वायुयान संचालकले आकाश भैरवलाई पुजा गर्न संस्कृतिविध गुरुङको सुझाव

+
-

९ साउन ,२०८१
काठमाडौ । संस्कृतिविध जगमान गुरुले सौर्य एयरलाइन्सको विमान दूर्घटना भएकाेमा दु:ख व्यक्त गर्नु भएको छ। बुधबार बिहान करिब ११ बजे तिर त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनामा परेको थियो ।

तर गुरुङले बुद्ध एयरकाे जहाज कहिले पनि दुर्घटना भएको नसुनेकाे स्मरण गर्नु भएको छ। उहाँकै बुद्ध एयरका मालिककाे प्रशंसा गर्दै उनले आफ्नो कुल, पितृ मानेका कारण व्यवसायमा अबरोध नआएको तर्क राख्नु भएको छ।

सामाजिक संजाल फेसबुकमा स्ट्याटस लेख्दै गुरुङले बुद्ध एयरका संचालककाे धार्मिक आस्थाकाे खुलासा गर्नु भएको हो ।उहाँले लेख्नु भएको छ, “बुद्ध एयरका मालिक खपतडी बस्नेत हुन। उनी खप्पर मष्टको पूजा गर्छन्। उनका धामीले विधि अनुसार हेर… हेर… गर्छन्। चलन र नियमनुसार वलि चढाउँछन्। वलि दिेएको बोकाको गर्दनको रगत धामीले चुस्छन् । तसर्थ बुद्ध एयर कहिल्यै दूर्घटना भएको सुनिदैन। “

बुद्धकाे व्यापार फैलनुकाे कारण प्रष्ट्याउदै उहाँले ,विमानस्थल भरी जता हेय्रो त्यतै बुद्ध एयरको विमान देखिन बताउनु भएको छ । गुरुङले सबैलाई आफ्नो कुल र पितृलाई मान्नोस् भन्ने सल्लाह दिनु भएको छ। विषेश गरि वायु सेवा सञ्चालन गर्ने महानुभावहरुले कालभैरव र आकाश भैरवकाे सेवा गर्न जाेड दिनु भएको छ। त्यसाे गर्नाले कहिल्यै पनि दूर्घटना हुने छैन।

गुरुङले यसै सम्बन्धि केही मन्त्रहरु पनि लेख्नु भएको छ, “ॐमणिपद्मेहूँह्रीआ:।। ॐ श्री महाकाल हूँ हूँ हूँ फट् फट् फट् स्वाहा ।। ॐ ह्रिष्ट्रि विकृतानन हूँ हूँ फट् फट् शान्तिं कुरु नम: स्वाहा।।” ईति श्रीकृष्णयमारी तन्त्रोक्त यमान्तक मन्त्र ।।