अ+
अ
अ-
३१,असार २०८१
काभ्रेपलान्चोक । जिल्लाको पनौती नगरपालिका पुण्यमाता खाेलामा माेटर साइकल दुर्घटनामा परि एक व्यक्तिको मृत्युु भएको छ। सोमबार बिहान पनौती वडा नम्वर ५ ठाडाेबाटाेमा बनेपाबाट पनौती तर्फ जादैं गरेको प्रदेश नम्वर ३-०२-००७ प ५४११ नम्बरको मोटरसाइकल सडकबाट खोलामा झरेको थियो ।
मुत्यु हुनेमा मोटरसाइकल चालक नमोबुद्ध नगरपालिका १ बस्ने २४ वर्षिय दिपेन्द्र खड्का रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले पुष्टि गरेको छ। खडकाकाे शव मृत अबस्थामा पुन्यमाता खोलामा फेला परेको थियो ।
खडका एक व्यवसायी हुन। उनी पनौतीमा रहेकाे माेटर डा्ङभिड सेन्डाटरका संचालक हुन । डा्इभ िङ स्कुल संघ काभ्रे जिल्ला कार्यसमितिका सचिव रहेका थिए ।


