बालेनकाे अर्काे स्टयाटस ओली लक्ष्यित ,गिरीबन्धुमा १५ हजार सुकुम्बासी अटाउछन

+
-

२३,असार,२०८१
काठमाडौ । काठमाडौ महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौका बस्तिहरुमा खाेला पस्नुकाे कारण केपी ओलि भएको आराेप लगाउनु भएको छ । सामाजिक संजाल फेसबुक मार्फत मेयर शाहले केपी ओलिलाई सम्बाेधन गर्दै यस्तो लेख्नु भएको हो ।

उहँले लेख्नु भएको छ,”माननीय केपी ओलीज्यू, आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउमा बस्ने धेरै बस्ति  डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । “आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो ? भन्दै आश्चार्य ब्यक्ति गर्नु भएको छ।

महानगर बासिले ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्नु पर्ने हो र भन्दै उहाँले खाेला छेउमा बस्ने सुकुम्बासीहरुकाे जीवनसँग खेलबाड गरेर भोटको राजनीति कहिले सम्म गर्ने हो ? के यस्तो सँधै गरिरहने हो ? अब उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्ने तर्फ सोच्ने कि ? यसपटक बालेनले सुकुम्बासी शब्द प्रयाेग नगरी आदरार्थी शब्दमा उहाँहरू भनी सम्बाेधन गर्नु भएको छ। मेयर शाहले सचेत गराउँदै थप लेख्नुभएको छ, सुकुम्बासी ब्यवस्थापनकाे नाममा उहाँहरूलाई  जसरी ३० बर्ष झुलाईसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?”

काठमाडौँमा लगभग २,००० परिवार खोला छेउमा बस्ने गरेकाे जानकारी गराउँदै ओलिले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५,००० परिवार व्यवस्थापन हुन सक्ने सुझाव मेयर शाहले दिनु भएको छ । ओलिलाई व्यङ्ग्य गर्दै ,अब त दुई तिहाइ बहुमत सहित  प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे ! अब ओलिले यो समस्याको समाधान गर्नु हुनेमा मेयर शाहले आशा व्यक्त गर्नु भएको  छ।