रास्वपा मन्त्रीहरुले राजिनामा दिने

+
-

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरूले राजिनामा कुझाउने भएका छन् । सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री छन् । यसैगरी उपसभापति डोलप्रसाद अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्री छन् ।

मंगलबार बसेको रास्वपाको पदाधिकारी बैठकले प्रधानमन्त्री पुष्प कमल दाहाललाई राजिनामा बुझाउने निर्णय गरेको थियो । राजिनामा हिजाे नै बुझाउने कार्यक्रम तय भएको थियो तर केन्द्रीय कमिटीकाे बैठकले सम्भव नभएको प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिनए । रास्वपा  कांग्रेस–एमाले गठबन्धनको सरकारमा सहभागी नहुने निर्णय गरेकोछ।