क्रान्तिकारीहरु गतिशिल हुन्छन् : प्रधानमन्त्री दाहाल

+
-

१६, असार २०८१
काठमाडौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्न्युटहरु कहिले पनि निराशावादी हुन नहुने बताउनु भएको छ। आइतबार नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय महाधिवेशकाे उदघाटन सत्रमा सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले कमन्युष्टले कहिले पनि निराश नभई अगाडि बढन पर्ने बताउनु भएको हो ।

उहाँले एकीकृत समाजवादीकाे महाधिवेशनले नेपालकाे कम्न्युष्ट आन्दोलन अगाडि बढने विश्वास ब्यक्त गर्नु भयो । उहाँले भन्नुभयो ,” याे महाधिवेशन एकताकाे पक्षमा निर्णायक बनाेस्। क्रान्तिकारीहरु सधै गतिशील रहन्छन् । विद्रोह पछि पनि एकीकृत समाजवादी आफ्नै लयमा निरन्तर लागिरहेको भन्दै एकताबाट मात्रै क्रान्ति सफल हुने विश्वास व्यक्त गरेनु भएको छ।”
प्रधानमन्त्री दाहालले विप्लपकाे नामै लिएर ,क्रान्तिकारीहरु एक ठाउँमा रहन नसक्ने र गतिशील रहने भन्दै यो अधिवेशनले कम्न्युष्टहरुलाई एकै ठाउमा जाेडन् सहयोग गर्ने धारणा राख्नु भएको थियो ।

देश भरिबाट महाधिवेशन प्रतिनिधि छानिएर आउनु भएकोहरुलाई शुभकामना दिदै उहाँले दलित ,जनजाति ,महिला, युवा ,मुस्लिम, मधेशि काेटाकाे सुनिश्चितता माओवादी गरेको स्मरण गर्नु भयो । समाजवादी क्रान्तिलाई अगाडि बढाउने एजेन्डा लिएको दलले माओवादीले ल्याएका धेरै पक्षलाई समावेश गर्न जाेड दिनु भएको छ।