१६ ,असार २०८१
काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले पार्टी फुट्दाकाे घाउ आलै रहेकोले एमाले अध्यक्ष ओली कार्यक्रममा नआएको हुन सक्ने बताउनु भएको छ। आइतबार नेकपा एकीकृत समाजवादीकाे केन्द्रीय महाधिवेशनमा निमन्त्रणा पठाएर पनि केपी शर्मा ओली उदघाटन सत्रमा नआउनुमा घाउ आलै रहेको हुन सक्ने बताउनु भएको हो ।
नेपालले राजनितीमा यस्तै हुने हुनाले चित्त नदुखाउन अनुराेध गर्नु भएको छ। उहाँले भन्नुभयो , “मैले धेरै पटक फाेन गरें ,सहयोगीले सहजिकरण गर्नु भएन। कति पटक त फाेन विजि भयो,फेरि म्यासेज पठाएँ ,रेस्पाेन्स भएन। सबै डकुमेन्ट सहित निमन्त्रणा पठाएको हुँ , बाहिरी खबर पाएकाे र म्यासेज हेरेकाे पनि जानकारी आएको थियो । तर दाेहाेराे संवाद गर्न चाहनु भएन । “
एमाले अध्यक्ष ओलीकाे फाेन विजि हुनुमा टेलिकमकाे कुनै प्रविधिक कमजोरी थियो कि? साेधिदिनु पर्याे भनी नेपालले कार्यक्रम मन्चमै रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई साेध्नु भएको थियो ।आजबाट प्रज्ञा प्रतिष्ठानमा सुरु भएको राष्ट्रिय महाधिवेशनमा अन्य दलका प्रमुखहरु सबैले आतिथ्यता ग्रहण गर्नुका साथै शुभकामना दिएका थिए।
प्रधानमन्त्री प्रमुख अतिथि रहनु भएको उक्त कार्यक्रममा एमाले अध्यक्ष ओली अनुपस्थित हुनुहुन्थाे । नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवा, रास्वपा सभापति तथा गृहमन्त्री रवी लामिछाने , नागरिक उन्मुक्त पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ , जनमत पार्टीका अध्यक्ष सिके राउत, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव र अशाेक राई , विप्लप सि का अध्यक्ष समेतले शुभकामना दिनु भएको थियो ।
साे कार्यक्रममा ओली किन आउनु भएन हाेला भन्ने जिज्ञासा हुन सक्छ भन्दै उहाँले ओलिलाई बाेलाउन कुनै कसर बाँकी नराखिएको , तर चित्त दुखेकाे कारण नआउनु भएको हुन सक्ने अध्यक्ष नेपालले स्पस्टिकरण दिनु भएको थियो ।


