२०८१, असार १५
काभ्रेपलान्चोक ।काभ्रे जिल्लाको बनेपामा स्थापना भएको यातायात व्यवस्था कार्यालयले आफ्नो सेवा सुचारू गर्ने भएकाे छ। बागमती प्रदेशका जिल्लाहरु भक्तपुर ,काभ्रे ,सिन्धुलि ,रामेछाप ,दाेलखा र सिन्धुपाल्चोक कार्यक्षेत्र रहेको कार्यालयकाे बागमती प्रदेश सरकारका श्रम,राेजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले शनिवार एक समाराेह बीच उदघाटन गर्नु भएको हाे ।
उक्त कार्यक्रमकाे प्रमुख अतिथि मन्त्री लम्सालले अरनिकाे र वि. पि राजमार्गसँग जाेडिएकाे ठाउँमा कार्यालय रहनु उपयुुक्त भएको विश्वास व्यक्त गर्नु भयाे । उहाँले भन्नू भयो ,” यहाँ यातायातसंग जाेडिएका काममा विना अबराेध सेवाग्राहीले सेवा लिने छन्।आजकाे समयमा यातायात आधारभूत उपभाेग्य बस्तु भइसकेको छ ।” त्यसैले, यसमा जाेडिएर सेवा दिने कुरामा सरकारले आबाश्यक भूमिका खेल्नु पर्ने उहाँको जाेड थियो ।
प्रदेश सरकारले अनलाइन राजस्व भुक्तानी प्रणालीकाे विकास गरिसकेको स्मरण गर्दै मन्त्री लम्सालले अनलाइन पेमेन्टबाट पारदर्शीता वृद्धिले विकासकाे माेडललाई सहयोग गर्ने भनाइ राख्नु भयो । मन्त्रालयले वर्ष उत्कृष्ट चालक र सहचालक सम्मान कार्यक्रम राखेको छ त्यसले काम ठुलाे सानाे नहुने भन्ने मानसिक विकासमा टेवा पुग्ने भन्दै ,सरकारले १० बर्ष देखि राजस्व नतिरेका यातायातको ५० प्रतिशत छुट दिइएको राजस्व तिर्न सहजिकरण गरेको बताउनु भयो ।
आगामी दिनमा १०० जना महिला चालकलाई राेजगार दिन तालिम प्रदान गर्नुका साथै काठमाडौकाे गर्जुधारामा यातायात ब्यवस्था कार्यालय बनाउन जग्गा प्राप्ति गरिएको खुलासा गर्नु भयाे । यातायात ब्यवसायिहरुलाई लक्षित गर्दै मन्त्री लम्सालले बनेपा, धुलिखेल, पनौति लगायत शहरउन्मुख क्षेत्रमा अटाेल्याण्डकाे कनेसेप्ट विकास गर्न आग्रह समेत गर्नु भएको छ।


