टिकटक प्रयाेगकर्ताहरुकाे समुहले गर्याे ब्लड क्यान्सर पीडितलाई सहयोग

+
-

१३, असार २०८१
काठमाडौ । आज भाेलि सामाजिक संजाल प्रती नकारात्मक धारणाहरु बढन थालेकाे छ । सामाजिक संजाल प्रयाेगकर्ताहरुले प्रविधिकाे दुरुपयाेग गरेकाे आराेप लाग्ने गरेको छ । तर कहिले काहीं सामाजिक संजालले अफ्ट्यारोमा परेका मानिसलाई सहयोग गर्ने प्लेटफर्मकाे रुपमा पनि सदुपयोग गर्ने वातावरण सिर्जना गरिदिएको पाउन सकिन्छ ।

यस्तै सामाजिक संजाल टिकटक प्रयाेगकर्ताहरुकाे समुहले आर्थिक अबस्था कमजोर भएर उपचार गराउन नसकेका बिरामीलाई सहयोग गरेका छन् । टिकटक सपाेर्टिङ गु्ुपका सदस्यहरुले उदयपुर गाईघाटका प्रदिप मगरलाई आर्थिक सहयोग गरेका हुन । ब्लड क्यान्सरबाट पीडित मगर काठमाडौकाे सिभिल हस्पिटलमा उपचार गराइरहनु भएको छ ।

विगत लामाे समयदेखि ब्लड क्यानसरकाे उपचार गराइरहनु भएका मगरलाई समुहकाे तर्फबाट ५० हजार रुपैयाँ सहयोग प्रदान गरिएको टिकटक सपाेर्टिङ गु्पकाे एक सदस्य अप्सरा सत्यालले जानकारी दिनु भएको छ। उहाँले भन्नू भयो , “हामीले निस्वार्थ भावनाले सहयोग गरेका हौ । टिकटकमा जाेडिएका साथीहरू मार्फत प्रदिप मगरकाे अबस्था थाहा पायौ र सबै साथि मिलेर १ हजार ,२ हजार उठाएका थियौं । साेहि रकम उहाँकि श्रीमती निशा श्रेष्ठलाई बुझएका हौ । ” हामीले गरेको सानाे आर्थिक सहयोगले बिरामीको उपचार गर्न राहत मिल्ने उहाँको आशा छ ।

देश-विदेशमा रहनु भएका उक्त गु्पका सदस्यहरु अप्सर सत्याल सहित , विक्रम पाेखरेली , रुद्र श्रेष्ठ , स्नेहा लामा, प्रदेशि कान्छि ,सिर्जना गाहा, जानकि के. सि. , हरि रानामगर ,सुशिला रानामगर , रेखा बस्नेत,अजय कार्कीले सहयोग गर्नु भएको छ ।अन्य सहयोगहरु मध्य बिस्ना मगर , बिष्णु माया माझी , तेज पुन, कृष्ण भाइ चितुवने , सुमन मिनु, डल्लि पुष्पा,मनु भुजेल र नेपाली चेलिले सहयोगी हात अगाडि बढाउनु भएको छ ।

उक्त सहयोग रकम ग्रहण गर्दै पीडितकि श्रीमती निशा श्रेष्ठले सहयोगी मनहरु प्रती आभार सहित धन्यवाद दिनु भएको छ।