नेकपा एस काठमाडौ क्षेत्र नम्वर ४ बाट प्रतिनिधी सर्वसहमत चयन

+
-

काठमाडौ क्षेत्र नम्वर ४ बाट प्रतिनिधी सर्वसहमत चयन

काठमाडौ । नेकपा (एकीकृत समाजवादी) को दशौ राष्ट्रिय महाधिवेशनमा काठमांडौ निर्वाचन क्षेत्र नं.४ बाट तीन जना   सर्वसहमत प्रतिनिधी चयन हुनु भएको छ। 

आगामी असार १६ गते देखि २० गते सम्म काठमाडौकाे राष्टिय सभा गृहमा सम्पन्न हुने महाधिवेशनमा खुल्लाबाट  मिलन खरेल, ठाकुर प्रसाद खकुरेल र महिला काेटाबाट  भक्त कुमारी भुजेल महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुनु भएको हो । एक सय २५ संगठित सदस्य बराबर १ प्रतिनिधी पाउने प्रावधान रहेकाे छ।

एकीकृत समाजवादीकाे संगठन विस्तार भएका जिल्लामा बुधवार महाधिवेशन प्रतिनिधी छनाेट भएको थियो । कतिपय जिल्लामा सहमति हुन सकेको छैन ती जिल्लाहरुमा आज प्रतिनिधी छनाेट टुङ्गाे लाग्ने छ।